Solo podcast Epi-2 Titelbild

Solo podcast Epi-2

Solo podcast Epi-2

Jetzt kostenlos hören, ohne Abo

Details anzeigen

Über diesen Titel

नमस्ते,

सुरु गरौँ ।

पडकास्टको यो यात्रामा स्वागत छ । म पडकास्टर बन्ने यात्रामा आफूलाई अगाडी बढाउने प्रयासमा छु । त्यसका लागि म मेरो पडकास्टको आधारभूत कुराहरूमा प्रस्ट हुन जरुरी छ । मेरो पडकास्टको आधारभूत कुरा, प्रारुप, पडकास्टको समयावधीका बारेमा प्रस्ट हुनु पर्छ । मैले बुझेको छु आफूलाई एक्सप्रेस गर्न, विभिन्न विषयवस्तुमा छलफल गर्न र श्रोताको नजिक पुग्न पडकास्ट एकदमै उपयोगी र सान्दर्भिक माध्यम हो । र, मलाई यो पनि थाहा छ कि पडकास्टका श्रोता निकै नै क्षमाशिल हुन्छन् ।

पडकास्ट एउटा यस्तो माध्यम हो, जसलाई म जहाँ पनि, जहिले पनि र जस्तो सुकै अबस्थामा पनि निर्माण गर्न सक्छु । मैले पडकास्ट रेकर्ड गर्दै गर्दा चरा कराउन पनि सक्छ, बच्चा भित्र छिरेर चिच्याउन पनि सक्छ, स्किृप्ट लेख्दै गर्दा मेरो ल्यापटपमा खाना पोखिदिन पनि सक्छ । अनि कहिले काही बोल्दै गर्दा मेरो आफ्नो जिब्रो चिप्लिन पनि सक्छ । तर, पडकास्टमा यो पनि प्रिय नै हुन्छ । किनकी, पडकास्टमा यहि र यस्तै हुनुपर्छ भन्ने छैन र त्यो परिक्षण पनि हुदैन, गल्ति गर्दै सिकिन्छ । पकाडस्ट गर्दै गर्दा मैले ध्यान दिनु पर्ने कुरा मेरो पडकास्ट मार्फत मैले कसैको भाषा, धर्म, संस्कृती, जातियता, व्यक्तिगत स्वतन्त्रतामा आँच आउने काम भने गर्नु हुदैन ।

Noch keine Rezensionen vorhanden